प्रचण्डजी र माओवादीहरु छट्टु, १० पास नगरेकाले विज्ञानको कुरा गर्न नसुहाउने – डा.भट्टराई

२२ जेठ, भक्तपुर । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने बताउँदै काँग्रेस र एमाले भन्दा पनि खराब गर्ने प्रचण्डजी र माओवादीहरु छट्टु रहेको बताएका छन् ।

डा.भट्टराईले शनिबार भक्तपुरको छालिङमा नयाँ शक्ति चागुँनारायण नगरपरिषद्ले आयोजना गरेको कार्यक्रममा ‘१४ वर्ष जेल बसेका तर कक्षा १० पनि पास नगरेका प्रधानमन्त्री’ केपी शर्मा ओलीले ज्ञान र विज्ञानको कुरा गर्न नसुहाउने बताएका हुन् । साथै उनले भन्ने बेलामा कम्युनिष्ट भन्ने तर काम भने काँग्रेस र एमाले भन्दा खराब गर्ने प्रचण्ड र माओवादीहरु छट्टु रहेको बताए ।

डा.भट्टराईले ६० वर्षको उमेरमा जनतालाई झुक्याउन पार्टी खोलेर च्याखे नथापेको भन्दै नेपाली काँग्रेस भ्रष्टचारीलाई संरक्षण गर्ने पार्टी भएको आरोप लगाएका छन् । भट्टराईले भ्रष्टहरुलाई जेलबाट निस्कँदा १ सय २० किलोको माला पहिर्याउने र केन्द्रिय सदस्यमा अत्यधिक मतले जित्ने र जिताउनेहरुले देशको विकाश नगर्ने दावी गरे ।

यसैगरी भट्टराईले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले समाजबादको वकालत गरेको आरोप समेत लगाए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे राजनितिक व्यवस्था आएपनि नेपाली जनताले सुख पाउन नसकेकाले आफूले नयाँ शक्तिको निर्माण गरेको भट्टराईको दावी थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत