प्रतिक्रियावादीहरु विरुद्ध उत्पीडित मधेशी र उत्पीडित पहाडी समुदाय मिलेर लड्नु पर्दछ – प्रचण्ड

२२ जेठ, महोत्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरु विरुद्ध उत्पीडित मधेशी र उत्पीडित पहाडी समुदाय मिलेर लड्नु पर्ने बताएका छन् ।

1

शनिबार महोत्तरीको बर्दीबासमा  आयोजित नेकपा (माओवादी केन्द्र) को दुई नम्बर प्रदेशको एकता भेला तथा प्रशिक्षण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सुरक्षाकर्मीले आन्दोलनरत् मधेशी जनतालाई छात्तीमा ताकेर गोली हानेका छन् भने आन्दोलनरत पहाडी समुदायलाई पनि छात्तीमा नै ताकेर हानेका छन् भन्दै उत्पीडित मधेशी र उत्पीडित पहाडी समुदाय मिलेर अघि बढ्नु पर्ने बताएका हुन् ।

2

‘अहिलेको एकता विभाजित माओवादीको एकता भनिएको भए तापनि यो एकता क्रान्तिकारीहरु बिचको एकता हो’ भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो एकतामा हामी माओवादी मात्रै सहभागी छैनौं, एमालेबाट पनि आएका छन्, कांग्रेसबाट पनि आएका छन् । त्यसैले यो एकता परिवर्तन प्रेमीहरु बिचको एकता हो ।’

3
नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मातृका यादवलाई उदृत गर्दै प्रचण्डले भने, ‘मातृकाजीले भन्नुभएझैं नेपाललाई एकताबद्ध गर्न, राष्ट्रलाई एकताबद्ध गर्न साथै मधेशका विखण्डनवादी र पहाडीया अहंकार विरुद्ध उत्पीडित मधेशी र उत्पीडित पहाडी समुदाय मिलेर अघि बढ्नु पर्दछ, मिलेर लड्नु पर्दछ ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत