डा.बाबुरामजी, पञ्चायती जेलको पाठशालाबाट बनेको ओलीको व्यक्तित्व औपचारिक उपाधिभन्दा कम मूल्य होला र ?

२३ जेठ, काडमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई एसएलसी पास नगर्नेले ज्ञान–विज्ञानका कुरा गर्न नसुहाउने बताएसँगै आइतबार एमालेका पोलिटव्यूरो सदस्य शंकर पोखरेलले प्रश्नसहितको जवाफ दिएका छन् ।

आइतबार साँझ फेसबुकमा नेता पोखरेलले ‘१५ वर्षे पञ्चायती जेल र नेलको पाठशालाबाट बनेको केपीको राजनीतिक व्यक्तित्व विश्वविद्यालयको औपचारिक उपाधिभन्दा कम मूल्यवान होला र डा.बाबुरामजी ?’ भनेर प्रश्न तेस्र्याएका छन् । पोखरेलले प्रधानमन्त्री ओलीको राजनीतिक व्यक्तित्वलाई विश्वविद्यालयको औपचारिक उपाधिसँग दाज्न नमिल्ने बताएका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत