मधेशी जनताको बुई चढेर राजेन्द्र महतोले राजनीति गरिरहेको छ : रंगीलादेवी

२३ जेठ, जनकपुर । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले केन्द्रीय सदस्यमा नियुक्त गरेको रंगीलादेवी साहले महतोलाई मधेशी जनताको बुई चढेर राजनीति गरिरहेको आरोप लगाउँदै सद्भावना पार्टी परित्याग गरेकी छन् ।
‘मधेस अधिकारको संघर्षलाई राजेन्द्र महतो जस्तो कपटीहरुले आफ्नो दुनो सोझ्याउन लागेका छन्’ साहले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आन्दोलनमा विभिन्न मुद्दामा फसाइएका नेता, कार्यकर्तालाई न्याय दिलाउनुको साटो शवमाथि राजनीति गरिरहेको छ ।’
 ‘संविधानसभा निर्वाचनपछि अध्यक्ष महतोले समानुपातिक कोटा चयनमा आफ्नो श्रीमतीलाई सभासद् बनाएकोप्रति इङ्कित गर्दै ‘आफ्नो निचता सिद्ध गरिसकेको र आन्दोलनताका झुठा मुद्दामा फसाइएका युवालाई प्रताडित गरेको छ’ भन्दै महतोले आफूलाई केन्द्रीय सदस्य बनाएर जनतामा भ्रम फैलाएको बताउँदै सद्भावना पार्टीको कुनै पदमा नरहेको जानकारी विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु’ विज्ञप्तिमा उल्लेख छ ।
रंगिलादेबी साह जनकपुर बमकाण्डको अभियोगमा हिरासतमा रहेका निलम्बित सांसद सञ्जय साहकी श्रीमती हुन् ।
rangila
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत