संविधान कार्यान्वयन र पुनर्निर्माण अभियानलाई गति दिन राष्ट्रिय एकता खाँचो – प्रचण्ड

२३ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रिय एकता नभई संविधान कार्यान्वयन नहुने बताउँदै पुनर्निर्माण अभियानलाई गति दिनका लागि पनि राष्ट्रिय एकता खाँचो रहेको बताएका छन् ।

आइतबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरी उद्योग व्यवसायीको कार्यक्रममा पुगेर मन्तव्य दिने क्रममा प्रचण्डले राजनीतिक स्थिरता र अनुशासनमा जोड दिए ।

अस्थिरता र अराजकताबाट स्थिरता र अनुशासन पैदा गर्न कम्तिमा दुई अढाइ वर्षसम्म दलहरु मिलेर अघि बढ्नु पर्ने बताउँदै प्रचण्डले राजनीति र नेतृत्वको केन्द्रीकरण यतिबेलाको ऐतिहासिक आवश्यकता भएको बताए ।

विगतमा पनि राष्ट्रिय एकता नभएको भए गणतन्त्र स्थापना र संविधान निर्माण सम्भव नरहेको बताएका प्रचण्डले अहिले पनि राष्ट्रिय एकता नभए संविधान कागजको खोस्टा बन्ने खतरा पैदा भएकाले राष्ट्रिय एकताका हुनु पर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत