सांसदहरुको सेवा सुविधा बढाउने प्रक्रिया सुरु

२४ जेठ, काठमाडौं । सरकारले बजेट भाषणमार्फत वृद्धि गरेको २५ प्रतिशत पारिश्रमिक अनुरुप संसद सचिवालयले सांसदहरुको सेवा सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ ।

बजेट भाषणमार्फत वृद्धि गरेको २५ प्रतिशतको अनुपातमा सांसदहरुको घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको छ । बैठक भत्ता र यातायात खर्च राज्यलाई व्यवभार ग-हौं हुने गरी बृद्धि गरिँदैछ ।

बजेट भाषण अघि मासिक पारिश्रमिक र अन्य सुविधा गरी ५६ हजार २ सय २८ बुझ्दै आइरहेका सांसदहरुले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउने निश्चित भएको छ । यस बाहेक बैठक बसेको दिन यातायात खर्च १ हजार र बैठक भत्ता थप १५ सय रुपैयाँ दिइनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत