सरकारले रेल कुदाउने र पानीजहाज ल्याउने घोषणा गरेकाले कांग्रेस अझै एक दुई महिना कुरेर बस्छ – रिजाल

२६ जेठ, काठमाडौं । कांग्रेस नेता डा. मिनेन्द्र रिजालले सरकारले रेल कुदाउने र पानीजहाज ल्याउने घोषणा गरेकाले आफूहरु अझै एक दुई महिना कुरेर बस्ने बताउँदै कांग्रेस सरकार परिवर्तन गर्ने खेलमा नभएको तर सरकार अल्पमतमा परेर विघटन भए सरकार बनाउने काममा लाग्ने बताएका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता रिजालले नेपाली कांग्रेस  ओलीको नेतृत्वमा सरकारमा नजाने ठोकुवा गर्दै ओली प्रधानमन्त्रीको बन्न अयोग्य भएकाले नै आफूहरुले प्रधानमन्त्रीको चुनावमा उमेद्वारी दिएको स्पष्ट पारे । ‘विपक्षमा खडा भएका थियौं, तर नतिजा हाम्रो पक्षमा आएन’ रिजालले भने, ‘त्यसैले अहिले हामी प्रतिपक्ष छौं ।’

‘प्रचण्ड बहुमत बोकेको ओली नेतृत्वको सरकारले रेल कुदाउने र पानीजहाज ल्याउने घोषणा गरेकाले आफूहरु अझै एक-दुई महिना हेर्ने पक्षमा रहेको’ बताएका रिजालले प्रचण्डको नेतृत्वमा सरकार बनाउन आफूहरुले यसअघि पनि पहल नगरेको भन्दै यसपटक प्रचण्डले प्रस्ताव गरे उनीसँग बसेर निर्णय लिने बताए ।

एमाले नेता प्रदिप ज्ञवालीले ०७४ माघसम्म ओली नेतृत्वको सरकार रहने दाबी गर्दै संविधानको कार्यान्वयन गर्न काँग्रेस लगायत सरकार बाहिर रहेका दलहरु अहिलेकै सरकारमा सहभागी हुनुपर्ने बताएका थिए ।

सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले संयुक्त वार्ता आहृवान नगरेसम्म मधेसी गठबन्धन वार्तामा नबस्ने बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत