कनकलाई अख्तियारको दनक

२७ जेठ, काठमाडौं ।

Kanak-maniअख्तियार दुरूपयोग अनुसन्धान आयोगले साझा यातायात प्रा.लि.का अध्यक्ष कनकमणि दीक्षितविरुद्ध परेका उजुरीहरु अनुसन्धान गर्ने क्रममा जगदम्बा दातब्य औषधालय र मदन धारा समितिको नाममा रहेका अलच सम्पति रोक्का गर्न सरकारलार्इ निर्देशन गरेको छ ।

स्वर्गीय रानी जगदम्बाको नाममा जगदम्बा दातब्य औषधालय र  स्वर्गीय मदन शम्शेर राणाको नाममा मदन धारा समिति रहेको भए पनि सो साझा यातायात प्रा.लि.का अध्यक्ष कनकमणिको परिवारले चलाउँदै आएका छन् ।

कनकमणी दीक्षित, कुन्द दीक्षित र परिवारका सदस्य तथा नजिकका नातेदारले हदबन्दीभन्दा बढीको जग्गा लुकाई राखेको भन्दै अख्तियारले जेठ १६ गतेको निर्णय अनुसार १७ रोपनी १३ आना जग्गाबारे भूमी सुधार ऐन २०२१ बमोजिम कारबाहीका लागि सरकार, भूमिसुधार मन्त्रालयमार्फत भूमिसुधार कार्यालयमा लेखि पठाएको थियो ।

अख्तियारले दीक्षितमाथि अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा केही समय अघिदेखि सम्पत्ति छानबिन थालेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत