श्रीमान-श्रीमती सुतेको फोटो पनि खिचेर छापिदिनु – डिआईजी अर्याल

२७ जेठ, काठमाडौं  । जलेको ट्याक्सीको फोटो खिच्न सिहंदरबार बग्गीखाना परिसरमा बिहान ८ बजेतिर पुगेका एक पत्रकारलाई जलाएको ट्याक्सीको फोटो खिच्न अनुमति माग्दा डिआईजीले श्रीमान श्रीमती सुतेको फोटो खिचेर छाप्न लगाएका छन् ।

नेकपा माओवादीले बिहीवार गरेको नेपाल बन्दको क्रममा कोटेश्वरमा बिहान साढे तीन बजेतिर बन्दकर्ताले एक ट्याक्सी जलाएपछि बग्गीखाना परिसरमा बिहान ८ बजेतिर पुगेका पत्रकार अशोक महर्जनलाई डिआईजी प्रकाश अर्यालले श्रीमान-श्रीमती सुतेको फोटो खिचेर छाप्न लगाएका हुन् ।

‘डिआईजी अर्यालसँगै प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्ल पनि हुनुहुन्थ्यो’ पत्रकार महर्जन भन्छन्, ‘जे भएको छ, त्यो खिचेर देखाउनु पत्रकारको कर्तव्य हो भन्दा उहाँ (डिआईजी)ले त्यसोभए श्रीमान-श्रीमती सुतेको फोटो पनि खिचेर छापिदिनु तपाईंले, भन्नुभयो ।’

पत्रकार महर्जनले प्रहरीको उच्च पदमा रहेको व्यक्तिले त्यो स्तरको भाषा प्रयोग गर्लान् भनेर आफूआफू नसोचेको भन्दै डिआईजी अर्यालको तल्लोस्तरको वचनले खिन्न भई ट्राफिक कार्यालयबाट बाहिरिएको बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत