चन्द माओवादीकाे निशानामा एनसेलकाे टावर

२९ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वकाे माओवादीले शुक्रबार र शनिबार गरी दुई दिनमा देशका विभिन्न पाँच स्थानमा एनसेलकाे टावरमा अाक्रमण र अागजनी गरेको छ ।

राज्य र सर्वसाधारणकाे रकममा लुट मच्चाएकाे भन्दै चन्द माओवादीले मोरङ, धनकुटा, दाङ, सल्यान र गोरखामा एनसेल टावरमाथि आक्रमण गरेकाे हाे ।

सरकारलाई कर नबुझाएको भन्दै लमजुङको हिलेटक्सारमा रहेको एनसेलको टावरमा विप्लव माओवादीबाट चारजना कार्यकर्ताले शनिबार दिउँसो एक बजेतिर आगजनी गरेका हुन् । प्रहरीका अनुसार आगजनीबाट एनसेलको टावर ध्वस्त भएको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत