भारतसँगको एकाधिकार तोडियो : अब नेपालीले चीनको उच्च गतिको सस्तो इन्टरनेट सेवा लिन सक्ने

२९ जेठ, काठमाडौं । नेपाल टेलिकमले रसुवागढीस्थित नाकामा चाइना टेलिकम्युनिकेशन कर्पोरेशनसँग अप्टिकल फाइबर जोड्न सफल भएपछि भारतसँगको परनिर्भरता तोडिने भएको छ । जसले गर्दा नेपाली उपभोक्ताले तीब्रगतिको इन्टरनेट र डाटा सेवा लिन सक्ने भएका छन् ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार अप्टिकल फाइबर काठमाडौंबाट, धादिङको गल्छी हुँदै रसुवाको धुन्चेबाट रसुवागढी नाकाबाट चाइना टेलिकम्युनिकेशनसँग जोड्न सफल भएपछि नेपालले चीनबाट तीब्रगतिको इन्टरनेट ल्याउन सक्ने भएको हो ।

रसुवागढी नाकाबाट नेपाल टेलिकम र चिनियाँ सरकारको स्वामित्वमा रहेको चाइना टेलिकम्युनिकेसन कर्पोरेसन एकापसमा जोडिनुअघि नै दुबै मुलुका प्राविधिकले फाइबरको सफल परीक्षण गरेका थिए ।  चीनसँग जोडिनका लागि नेपाल टेलिकमले धादिङको गल्छीबाट करिब ९० किलोमिटर अप्टिकल फाइबर बिच्छ्याएको छ ।
नेपाल टेलिकमले चीनसँग सम्बन्ध स्थापित गरी तीब्र गतिको इन्टरनेट ल्याउन सबै पूर्वाधार प्रक्रिया पुरा गरिसकेकाले चीनबाट ल्याइने इन्टरनेट उच्च गतिको र सस्तो हुनेछ भने भ्वाइस म्यासेज तथा भिडियो कलको गुणस्तर पनि बढ्नेछ ।
नेपाल र चीनले गत मार्च २० देखि २७ गतेसम्म नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा इन्टरनेट कनेक्टिभिटीबारे सम्झौता गरेका थिए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत