राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलहरुसँग छलफल सुरु – प्रवक्ता भुसाल

३० जेठ, भक्तपुर । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आफ्नो पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्य दलहरुसँग छलफल सुरु भएको बताएकी छिन् ।

रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको साक्षत्कार कार्यक्रममा प्रवक्ता भुसालले मधेश आन्दोलनका जायज मागलाई सम्बोधन गर्दैै उनीहरुलाई समेत राष्ट्रिय सरकारमा सामेल गर्न माओवादी केन्द्र  सक्षम रहेको बताउँदै माओवादी केन्द्रमा ढिला भए पनि किरण, बाबुराम र विप्लव समेत आउने विचार व्यक्त गरिन् ।

भुसालले नेपालमा प्रत्यक्ष रुपमा बिदेशी हस्तक्षेप रहेको भन्दै हालसम्म भारत लगायत देशको हस्तक्षेप जारी रहेको बताइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत