रिल लाइफमा ‘सरी’ भनेपछि सच्याउन सकिने तर रियल मासमा मजाकको पात्र !

naya 4

काठमाडौं । नेपाली चलचित्रको क्षेत्र अर्थात् रिल लाइफमा चर्चित र सफल नायिका करिश्मा मानन्धर रियल लाइफमा हासी मजाकको पात्र बनेकी छिन् ।

naya 3

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उद्घोषक नायिका करिश्मा मानन्धरले प्रदीप गिरीको नाम डा. प्रदीप भट्टराई भनेर गल्ती सम्बोधन गरेपछि प्रदीप गिरीले कार्यक्रमलाई शुभकामना दिनु अघि करिब ३ मिनेट समय करिश्माका लागि खर्चिए ।

काँग्रेस नेता प्रदीप गिरीले शुभकामना मन्तव्यका क्रममा उद्घोषक करिश्मालाई ‘उद्घोषक सुन्दरी’को संज्ञा दिँदै भने, ‘उद्घोषक सुन्दरीले भने जस्तो म भट्टराई वा डाक्टर होइन, मेरो परिचय यत्ति नै हो ।’

naya 2

प्रदीप गिरीले आलोचना गरेपछि करिश्माले अलि छिटो बोल्ने भएर गल्ती हुने गरेको भन्दै ‘अबदेखि म सुध्रिने प्रयास गर्ने छु, सर’ भनेकी थिइन् ।

उद्घोषणका क्रममा करिश्माले प्रधानमन्त्रीलाई ‘केपीजी’ साढे तीन बजे आउँदै हुनुहुन्छ भनेर सभालाई जानकारी दिएकी थिइन् ।

naya 1

यसैगरी उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई शुभकामना मन्तव्यका लागि मञ्चमा बोलाउँदै गर्दा ‘पूर्व प्रधानमन्त्री देउवा मेरा ससुराका मिल्ने साथी हुनुहुन्छ र आरजू राणाजीसँग मेरो पनि राम्रो सम्वन्ध छ’ भनेकी थिइन् । कार्यक्रममा उनको फितलो उद्घोषणले गर्दा कैयन सहभागी कार्यकर्ताले नाक खुम्च्याएका थिए ।

त्यति मात्रै होइन, उद्घोषक करिश्मा विदेशी पाहुना र राजदूतलाई सम्बोधन गर्ने क्रममा समेत राम्रैसँग चिप्लिएकी थिइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत