चन्द माओवादीका मुख्य नेतालाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीको निर्देशन

३१ जेठ, काठमाडौं । गृह मन्त्रालयमा बसेको मन्त्रीसहितको बैठकले सार्वजनिक सम्पत्ति र उद्योगमा आक्रमण घटना बढेपछि नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका मुख्य नेतालाई कारबाही दायरामा ल्याउने बताएको छ ।
गृह प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाका अनुसार गृहमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बसेको बैठकले सार्वजनिक सम्पत्ति र उद्योगमा राजनीतिक आवरणमा आक्रमणमा संलग्न व्यक्तिदेखि योजना बनाउने र निर्देशन गर्नेसम्मलाई कारबाही गर्न जिल्लास्थित सुरक्षा नेतृत्वलाई निर्देशन दिएको छ ।
गृहले देशभरका दुरसञ्चार, विद्युत र अन्य कलकारखानाको सुरक्षा व्यवस्था कडा बनाउनसमेत भनेको छ । र, अनुसन्धानले दोषी देखिए जो–कसैलाई कानुनअनुसार कारबाही हुने जनाएको छ ।

एनसेल टावर आक्रमणको जिम्मेवारी चन्द माओवादीले लिएपछि गृह मन्त्रालयले राजनीतिका नाममा विध्वंसात्मक गतिविधि हुन थालेको निष्कर्ष निकालेको हो।

प्रहरीका अनुसार दाङ र सल्यानमा शुक्रबार र शनिबार एनसेल मोबाइलका ६ वटा टावरमा आगजनी भएको छ ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत