नेपाल प्रहरी शक्तिकेन्द्रको इशारामा चल्दैन – एआइजी शर्मा

३१ जेठ, भक्तपुर । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) बिज्ञानराज शर्माले सोमबार भक्तपुरमा आयोजित एक अन्तरक्रियामा आजको प्रहरी पहिलेको जस्तो शक्ति केन्द्रको इशारामा नचल्ने बताएका छन् ।

उनले प्रहरीलाई परिवार, समाज र राजनीतिले प्रभाव पारे पनि कार्य सम्पादनमा प्रहरी सधै न्यायको पक्षमा खडा रहने भन्दै लोक कल्याणकारी राज्यमा प्रहरी निमुखा जनताको सेवक भएको बताए ।

एआइजी शर्माले नागरिक बिना बर्दिका प्रहरी हुन् भन्दै प्रहरी नागरिक र नागरिक प्रहरी भएर सोच्ने हो भने अपराध नियन्त्रण गर्न सकिने  बताए ।

एआइजी शर्माले प्रहरी पनि समाजकै एक अंग भएकोले अन्य पेशामा जस्तै खराब पात्रहरु भएको स्वीकार गर्दै पात्र खराव भयो भन्दैमा समग्र प्रहरी संगठनलाई औला उठाउनु भने अन्याय हुने बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै एआइजी शर्माले १४० देशसंग नेपालले अपराध अनुसन्धानमा सहकार्य गरिरहेको उल्लेख गर्दै अपराधी पानी मुनि गएपनि नेपाल प्रहरी खोजेर ल्याउन सक्षम रहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत