नेपाल संयुक्त राष्ट्र संघको उपाध्यक्षमा निर्वाचित

३२ जेठ, काठमाडौँ । राष्ट्रसङ्घको प्रणाली र विभिन्न सन्धिसम्बन्धी निकायमा नेपालको स्थायी नियोगले खेलेको भूमिकाले संयुक्त राष्ट्र सङ्घीय महासभामा एसिया प्रशान्त क्षेत्रका चार उपाध्यक्षमध्ये एक उपाध्यक्षमा नेपाल निर्वाचित भएको छ ।

सन् २०१६ सेप्टेम्बरमा हुने ७१औँ साधरणसभाका लागि उपाध्यक्ष निर्वाचित भएको नेपालसहितका अन्य राष्ट्रहरु डिसेम्बर २०१७ सम्म कायम रहनेछ । यो चयनसँगै नेपाल महासभाको महासमितिको कार्यकारीणी समितिको सदस्य हुनेछ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार नेपालले राष्ट्रसङ्घमा सन् १९५५ मा प्रवेश पाएपछि पहिलो पटक सो पदमा निर्वाचित भएको हो । नेपालको यो प्रवेशले राष्ट्र सङ्घसँग प्रत्यक्ष रुपमा कार्य गर्ने अवसर प्राप्त हुनुका साथै आगामी दिनमा नेपालको सकारात्मक भूमिका बढाउन पनि मद्दत पुग्ने विश्वास गरिएको छ ।

राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत दुर्गाप्रसाद भट्टराई हाल विशेष राजनीतिक र गैरउपनिवेशिक समितिको अध्यक्ष समेत हुनुहुन्छ ।नेपाललाई सो अवसर दिलाएको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत