अब २४ घन्टाभित्र राहदानी लिन सकिने

२ असार, काठमाडौं ।

MRP

मेसिन रिडेबल पासपोर्ट (एमआरपी) सेवाग्राहीले अब २४ घन्टाभित्र लिन सक्ने भएको छ ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले आकस्मिक रुपमा द्रुतमार्गबाट २४ घन्टाभित्र राहदानी लिनका लागि १५ हजार रूपैयाँ तिर्नु पर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री शेरधन राईले दिएको जानकारी अनुसार आवेदन प्राप्त भएको २४ घन्टाभित्र सेवा पाउन १५ हजार, २ दिनभित्र सेवा पाउन १२ हजार, ३ दिनभित्र सेवा पाउन १० हजार रकम तोकिएको छ भने १० वर्षभन्दा कम उमेरका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ ।

विभागले सबै सेवाग्राहीलाई अब पूरानै शुल्कमा ३ दिनभित्रमा एमआरपी वितरण गर्ने भएको छ । विभाग परिसरमा मात्र यस्तो सेवा उपलव्ध गराउने तयारी छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत