ग्यास विस्फोट भएर ३ जना मृत्यु भएपछि एचपी ग्यासको आयात रोक्का

२ असार, काठमाडाैं । आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा बुधबार बसेको उपभोक्त हित संरक्षण परिषदको बैठकले एचपी ग्यास आयात रोक्का गर्ने निर्णय गरेको छ ।

जेठ ७ गते ललितपुरको इछताछेमा एचपी ग्यास विस्फोट भएर ३ जनाको मृत्यु भएपछि सरकारले एचपी ग्यास उद्योगको कारोबार तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धितालले दिएको जानकारी अनुसार  १ महिनाअघि एचपी ग्यास विस्फोटबाट ३ जनाको मृत्यु भएकोले उद्योगमाथि सो प्रतिवन्ध लगाइएको हो ।

खाना पकाउने ग्यासको सिलिन्डरमा फलामको पातको मोटाइ नेपाल गुणस्तरअनुसार २.९ मिलिमिटर हुनुपर्नेमा विस्फोट भएको एचपी  ग्यासको पाताको मोटाइ १.८३ मिलिमिटर पाइएको थियो । एचपीले मासिक ६० बुलेट ग्यास आयत गर्दै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत