भूकम्प पीडित, मधेश र कांग्रेसलाई चिढ्याएर चुनाव हुँदैन् – कांग्रेस नेता खड्का

३ असार, काठमाडौ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले भूकम्प पीडित, मधेश र प्रमुख प्रतिपक्षी कांग्रेसलाई चिढ्याएर मुलुकमा कुनै चुनाव हुन नसक्ने ठोकुवा गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता खड्काले तत्कालिन कांग्रेस सभापति तथा प्रधानमन्त्री स्व.सुशील कोइराला नेतृत्वको सरकारको कमजोरीका कारण थरूहट प्रदेश माग गर्दै शान्तिपूर्ण आन्दोलन भनिएको टिकापुरमा घटनामा २०७२ भदौ ७ गते ७ प्रहरी र १ बालकको ज्यान जाने गरी किन र कसरी हिँसा भडकियो भन्ने सन्दर्भलाई विषयान्तर गरे ।

त्यतिमात्रै होइन, कांग्रेस नेता खड्काले २०७२ बैशाख १२ मा भुकम्प जाँदा कांग्रेस सभापति कोइरालाको नेतृत्वमा रहेको सरकारले भुकम्प प्रभावितलाई प्रभावकारी भूमिका खेल्न सकेन भन्ने कुरा ओझेल पार्दै जस्ताकाण्ड लगायत काण्डलाई पनि भूले । खड्कालाई जनताको प्रश्न छ, तथ्यलाई बङ्ग्याएर जनतालाई पंगु बनाउन मिल्छ ?

नेकपा एमालेका सचिव भीम आचार्यले कार्यक्रममा बोल्दै मधेशी मोर्चा सहभागी नभए पनि निर्वाचन हुने दाबी गरे । उनले मधेशी मोर्चाले अघि सारेको संविधान पुर्नलेखनको माग असम्भव रहेकाले उक्त माग कसैले पनि पुरा गर्न नसक्ने बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता अमिक शेरचनले चुनावका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताउँदै सरकारले आन्तरिक तयार नगरी निर्वाचन घोषणा गरेकोमा असन्तुष्टी जनाए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत