मातृकाको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड नर्भिकमा !

३ असार, काठमाडौं ।

Matrika Norvic

नेकपा (माओवादी केन्द्र)का हेडक्वाटर सदस्य मातृका यादव बुधबार अपरान्ह करिब २ बजेतिर स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भए । यादवको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साँझ पौने ७ बजेतिर नर्भिक पुगेका थिए ।

अध्यक्ष ‘प्रचण्ड’ बिहीबार साँझ नर्भिक पुगेसँगै नेपाली मिडियामा पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट भएको खबरले मिडियामा स्थान पाएको थियो ।

Matrika 1 Norvic

थापाथलीस्थित नर्भिक अस्पतालको बेड नं. ४०७ को झ्यालबाट नेपाल राष्ट्र बैंक हेर्दा यस्तो देखियो । तस्बिर : एस्वी ।

सञ्चारमाध्यममा हल्ला चलेजस्तो पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको स्वास्थ्य अवस्था बुझ्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगेका भने होइनन् ।

अध्यक्ष प्रचण्ड माओवादी केन्द्रका हेडक्वाटर सदस्य मातृका यादव नभिक अस्पतालमा भर्ना भएकाले यादवलाई भेट्न नर्भिकको चौथो तलाको ४०७ नम्बरको बेडमा पुगेका थिए ।

प्रचण्डका स्वकीय सचिव जोख बहादुर महरा ‘प्रताप’ले अध्यक्ष प्रचण्ड पार्टीका नेता मातृका यादवको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएको तर राजा वा पूर्व मुमा बडामहाारनीलाई कसैलाई नभेटेका बताए ।

यता पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले पनि प्रचण्डले पूर्वराजा र पूर्व मुमा बडामहारानी कसैलाई नभेटेको बताएको छ ।

माओवादी केन्द्रका मातृका यादव नर्भिकको चौथो तलामा उपचाररत छन् भने पाँचौं तलाको भीभीआईपी उपचार कक्षमा पूर्व मुमा बडामहारानी रत्नलाई राखिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत