डा.बाबुरामलाई गोर्खामा झट्का लाग्यो भन्छन्, खड्का

४ असार, गोरखा । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईको गृह जिल्ला गोरखाका प्रभावशाली नेता रामप्रसाद न्यौपाने ‘ध्रुब’को नेतृत्वमा एक दर्जन बढी नेता माओवादी केन्द्रमा आएसँगै भट्टराईलाई झट्का लागेको जिल्ला संयोजक चुडामडी खडकाले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक चुडामडी खडकाले बताएअनुसार नयाँ शक्ति अभियान सुरु गरेसँगै बाबुरामको नयाँ शक्तिमा लागेका जिल्लाका प्रभावशाली नेताहरु रामप्रसाद न्यौपाने ‘ध्रुब’को नेृत्वत्वमा १५  जना माओवादी केन्द्रमा फर्किएका छन् ।

न्यौपानेसँगै सूर्य गुरुङ ‘विष्फोट’, मिलन मगराती, विनोद अर्याल, विपिन ढकाललगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेको खडकाले जनाए ।

गोरखाका प्रभावशाली नेता रामप्रसाद न्यौपाने खोप्लाङ गाविसका अग्रज कम्युनिष्ट नेता हुन भने नयाँ शक्ति नेपालका संयोजक भट्टराई पनि खोप्लाङ गाविसकै हुन ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत