श्रद्धावाद र शंकावाद दुबै माक्सवाद होइन् : संकीर्ण राष्ट्रवाद र विखण्डनवाद दुबै गलत – प्रचण्ड

प्रदेश नं. १ को एकता भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेतृ जयपुरी घर्ती । तस्बिर : मनोज राजवंशी ।

प्रदेश नं. १ को एकता भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेतृ जयपुरी घर्ती । तस्बिर : मनोज राजवंशी ।

४ असार, बिराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर १ को एकता भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै श्रद्धावाद र शंकावाद दुबै माक्सवाद नभएको बताएका छन् ।

प्रचण्डले नेतृत्वलाई शंकामात्रै गर्ने या स्तुती मात्रै गर्ने प्रवृत्ति गलत भएको बताउँदै ‘श्रद्धावाद र शंकावाद दुबै माक्सवाद” होइन्  भने ।

उनले वर्गीय पक्षधरतामा कमी आएको र दुश्मनलाई राम्रोसँग चिन्न नसकिएको स्वीकार गर्दै स्कूलिङ नै गलत भन्नेबाट सच्चिएर क्रान्तिमा अघि बढिरहेको जिकिर गरे । यद्यपि प्रचण्डले जनयुद्धबाट शान्ति प्रक्रियामा आएर संघर्ष गर्ने क्रममा निकै पटक चिप्लिएको बताए ।

शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न, पुनर्निर्माणको कामलाई तीब्रता दिन, जनताका समस्या हल गर्न र संविधानको कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक औंल्याउँदै प्रचण्डले संकीर्ण राष्ट्रवाद र विखण्डनवाद दुबै गलत भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत