धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउन माग

५ असार, काठमाडौं । नयाँ संविधान कार्यान्वयनको क्रममा धनकुटाबासीले धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गरेका छन् ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर धनकुटाबासीले आफ्ना माग सम्बोधन गर्न ध्यानाकर्षण गराउँदै भौतिक पूर्वाधार, सुरक्षा, सु्न्दरता, ऐतिहासिकताले धनकुटा प्रदेशको राजधानी बन्न उपयुक्त रहेको बताएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउने माग सम्बोधन गर्न आफूले सक्दो सहयोग गर्ने बचन दिएका छन् । 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत