सिआइबीद्वारा ३६ जना नक्कली डाक्टर सार्वजनिक (नामावलीसहित)

५ असार, काठमाडौं । नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएका ३६ जनाको नाम नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सार्वजनिक गरेको छ ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

सिआइबीद्वारा जारी विज्ञप्तिमा नक्कली डाक्टरहरुलाई ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंमा म्याद थप गरि कारवाही सुरु भएको उल्लेख छ ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

सिआइबीद्वारा जारी विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् । यसैगरी पर्साबाट ९ जना, चितवनबाट ३, ललितपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट १ र कास्कीबाट १ जना पक्राउ परेका छन् ।

अस्पतालमा मास्क लगाउने डाक्टर अदालतमा हातले मुख छोप्दै

अस्पतालमा मास्क लगाएर बिरामी जाँच तथा उपचार गर्ने नक्कली प्रमाणपत्रधारी डाक्टरहरु जिल्ला अदालतबाट आइतबार आफ्नो बदनाम अनुहारलाई हात र टोपीले ढाक्दै/छोप्दै बाहिरिदै थिए । अदालत परिसरमा उनीहरुलाई हेर्न  मानिसहरुको भीड नै लागेको थियो ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)ले देशका विभिन्न स्थानबाट पक्राउ गरेको ३६ जना डाक्टरलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

तस्बिर : किसन चाम्लिङ्ग राई/लोकान्तरबाट ।

अदालतले आइतवार उनीहरूलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । पक्राउ पर्नेहरुमा ३० जना पुरुष र ६ जना महिला डाक्टर छन् ।

नक्कली प्रमाणपत्रधारी डाक्टर साबहरुको विवरण यस्तो छ :

Nakkaki Doctor

तस्बिर : अनलाइनखबरबाट ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत