प्रधानमन्त्रीको दन्त चिकित्सकदेखि एसपीका भाइ र नेताका बुहारी पनि नक्कली डाक्टर !

प्रहरीको व्यवहारप्रति मानवअधिकार आयोगको  ध्यानाकर्षण

aayog

६ असार, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीद्वारा चिकित्सक तथा स्वास्थ्य संस्थामा गरेको व्यवहारप्रति असन्तोष व्यक्त गर्दै प्रेस विज्ञप्ति नै जारी गरेर आयोगको ध्यानाकर्षण भएको बताएको छ ।

आयोगका सचिव वेद भट्टराईले जस्तोसुकै अभियोगका अनुसन्धानका क्रममा मानवीय मर्यादाप्रति संवेदनशील हुनुपर्ने भन्दै व्यक्तिको गोपनीयताको हक र मर्यादाप्रति सञ्चारमाध्यमलाई चनाखो हुन आग्रह गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीसँग नक्कली डा.बुद्धीमान श्रेष्ठ ।

दाया प्रधानमन्त्री केपी ओलीसँग बायाँ नक्कली डा.बुद्धिमान श्रेष्ठ ।

प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले पक्राउ गरेका ३६ मध्ये एक डाक्टर प्रधानमन्त्री केपी ओलीका दाँतको उपचार गर्ने डाक्टर बुद्धिमान श्रेष्ठ रहेका छन् । श्रेष्ठ नेकपा एमालेको स्वास्थ्य विभागका सदस्य समेत हुन् ।

Copied from web

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाइ हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन् । त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताका बुहारी हुन् ।

प्रहरी अधिकारीका अनुसार आफ्नो श्रीमतीको शैक्षिक प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए बिहे नै नगर्ने भन्दै सिआइबीमा पुगेर कांग्रेस नेता  श्रीमान्ले गुनासो गरेका थिए ।

Nakkali doctor

‘पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन् । केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका र  कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने नयाँ पत्रिकामा डिआइजी सिलवालको भनाइ  छ ।

आईओएममै कार्यरत डाक्टर समेत नक्कली

यसैगरी बिदेशी बिश्वबिद्यालय मात्र होइन त्रिभुवन बिश्वबिद्यालयको इन्स्टिच्युट अफ मेडिसिन (आईओएम)मै कार्यरत  चिकित्सक  समेत नक्कली भएको खुलेको छ ।

शुक्रबार पक्राउ परेको ३६ मध्ये चार नेपालमै एमबिबिएस पढेकाहरु छन् । जसमध्ये ईशादुल हक आईओएमका उत्पादन हुन् । उनले फिरोज गान्धि कलेज पटनाबाट आईएस्सी उत्तिर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । जुन नक्कली भएको प्रहरीले जनाएको छ । एसएलसी समेत बिहारबाटै पढेका ईशादुलले २०११ मा चिकित्सक लाइसेन्स लिएका थिए ।

त्यस्तै पक्राउ परेकी वितिता मण्डलले नेपाल मेडिकल कलेज जोरपाटी, श्रीराम घिमिरेले यूनिभर्सल मेडिकल कलेज तथा दिनेश साहले कलेज अफ मेडिकल साइन्स भरतपुरबाट एमबीबीएस उत्तिर्ण गरेका हुन् ।

पक्राउ परेका अन्य ३१  जनाले चीन, पाकिस्तान, बंगलादेश, भारत, रसिया, यूक्रेन, कागकिस्तान लगायत देशबाट एमबीबीएस गरेको सिआईबीका डिआईजी नवराज सिलवालले बताएएका छन् ।

त्यस्तै पक्राउ परेका जावेद अख्तर अन्सारीको शैक्षिक प्रमाणपत्र सक्कली तर लाइसेन्स नक्कली हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत