अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका- २०७३ को चौतर्फी विरोध

७ असार, काठमाडौं ।

Mahasanghनेपाल पत्रकार महासंघ लगायत पत्रकातिासँग सम्बिन्धत संघ–संस्थाले सञ्चार मन्त्रालयले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका -२०७३’ प्रति गम्भीर असहमति जनाएको छ ।

निर्देशिकाको ११ नम्बर बुँदामा उल्लेख भएको आधिकारिक स्रोत नभएका, भ्रम सिर्जना गर्ने खालका तथा अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिकुल असर पार्ने भन्ने प्रावधान र सोको परीक्षण सरकारी निकायबाट गरिने क्षेत्राधिकार राख्नु गम्भीर आपत्तिको विषय भएको जनाउँदै महासंघले जारी गरेको विज्ञप्तिमा भनएको छ, ‘सरकारको यस्तो प्रयासले मिडियाको विकासमा बाधा गर्नुका साथै नागरिकको सूचनाको हकलाई समेत कुण्ठित गर्दछ  ।’

यस्तै प्रेस सेन्टर नेपालले पनि सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यसैगरी सरकारले ल्याएको  ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ को अनलाइन पत्रकार संघ र प्रेस चौतारी नेपालले पनि विरोध गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत