गणतन्त्र नेपालको बहालवाला मन्त्री : राजतन्त्रका लागि मन्त्री पद त्याग गर्न तयार

७ असार, काठमाडौं ।

Subba

नेपालको गणतान्त्रिक संविधानअनुसार सपथ खाएका एक मन्त्रीले संविधान कार्यान्वयनमा लाग्नु पर्ने बेला मुलुकको राष्ट्रिय एकताका लागि राजसंस्था अपरिहार्य रहेकोले राजा पुर्नस्थापित गर्न आफू मन्त्री पद त्याग्न तयार रहेको बताएका छन् ।

नेपालमा गणतन्त्र स्थापना भएको ८ वर्ष लागिसकेको अवस्थामा भूमि सुधार मन्त्री रामकुमार सुब्बाले सोमबार राजधानीको एक कार्यक्रममा ‘पद भन्दा आफ्ना लागि राजसंस्थाको विचार ठूलो’ भएको बताउँदै राजा ल्याउन आफू मन्त्री पद त्याग गर्न तयार रहेको बताएका हुन् ।

मन्त्री सुब्बाले प्रधानमन्त्री लगायतका निकायबाट आफ्नो विचार कुण्ठित गर्ने प्रयास भए हाँसी हाँसी मन्त्रीपद त्याग गर्न तयार रहेको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत