प्रधानमन्त्री ओली काबुलमा मारिएका १२ नेपालीको शव बुझ्न विमानस्थलमा

८ असार, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानको आत्मघाती आक्रमणमा मारिएका नेपालीहरुको शव बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।

PM oli in KTM airport-Nepalies death-body from Kabul

वेब तस्बिर

प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै काबुल घटनालाई कायरतापूर्ण घटना बताउँदै आत्मघाती आक्रमणमा मारिएका १२ नेपालीको शव बुझ्ने क्रममा तालिवानको नेपालीसँग कुनै साइनो र द्वेष नरहेको भन्दै निर्दोष मारिएको बताए ।

सोमबार आत्मघाती आक्रमणमा १२ नेपाली, दुई भारतीय नागरिकसहित १४ जनाको मृत्यु भएको थियो । अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा परी गम्भीर घाइते भएका च्याङ्बा तामाङको उपचारको क्रममा बुधबार ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबारको आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँच जनालाई उपचारका लागि भारत लगिएको छ । एक जनाको भने काबुलमा नै उपचार भइरहेको छ ।

आक्रमणमा ज्यान गएका १२ जनाको शव बुधबार काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको छ । शव परिवारलाई जिम्मा लगाउनु अघि प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, श्रममन्त्री दिपक बोहोरा, पर्यटनमन्त्री आनन्द पोखरेल र स्थानीय विकास राज्यमन्त्री कुन्ती शाही विमानस्थल पुगेर मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत