मकवानपुरका ईन्जिनियर ४५ हजार रुपैयाँ घुस लिँदा लिँदै पक्राउ

८ असार, मकवानपुर ।

तस्बिर: गोकुल दाहालको फेसबुकबाट ।

तस्बिर: गोकुल दाहालको फेसबुकबाट ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले खानेपानी डिभिजन कार्यालय मकवानपुरका ईन्जिनियर राजेन्द्र महर्जनलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिँदा लिँदै घुस रकमसहित समातेको छ ।

तस्बिर: गोकुल दाहालको फेसबुकबाट ।

तस्बिर: गोकुल दाहालको फेसबुकबाट ।

ईन्जिनियर राजेन्द्र महर्जनलाई माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यलायलाई जिम्मा लगाएको छ ।

विप्लव माओवादीको मकवानपुरका नेता गोकुलका अनुसार ईन्जिनियर महर्जनले सेवाग्राहीबाट घुस माग्ने गरेको गुनासाहरु आएपछि नेकपा माओवादी मकवानपुरले उनीमाथि निगरानी राखेको र अनुसन्धान सुरु गरेको सातौ दिन रङ्गे हात नियन्त्रणमा लिन सफल भएको हो ।

नेता गोकुलले जिल्लामा यस्तै घुस लिने थुप्रै कर्मचारीहरुको बारेमा आफ्नो पार्टीमा उजुरीहरु आएको र उनीहरुका बारेमा पनि अध्ययन गरिरहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत