बाहुन-काँठा, मगर-लेडा, गुरुङ्ग-भेडा, नेवारचाहिँ ज्यापु !

९ असार, काठमाडौं । नेपाल बुहजातीय, बहुभाषीक, बहुधार्मिक तथा बहुसाँस्कृतिक मुलुक हो । त्यतिमात्र होइन् भौगोलिक, जैविक र धरातलीय विशेषताका आधारमा हावापानीको विविधताले नेपाल विश्व मानचित्रमा नै अनुपम देशको रुपमा बिम्बित समेत छ ।

अनुप न्यौपाने

अनुप न्यौपाने

तर, नेपाल राजनीतिक दल र दलका नेताहरुको निजी स्वार्थका कारणले र देशी–विदेशी शक्तिकेन्द्रको प्रभावमा परेर वा आर्शिवादमा चलेर नेताहरुले मुलुकलाई अस्थिरता र अकर्मण्यतामाको दलदल भूमरीमा फसाइदिएको वर्तमान अवस्था छ ।

बहुजातीय हाम्रो समाजमा बाहुनलाई काँठा, मगरलाई लेडा, गुरुङ्गलाई भेडा, नेवारलाई ज्यापु आदि आदि शब्दावली प्रयोग गर्ने गरेको पाइन्छ । उल्लेखित शब्दावलीहरुको ब्याख्या आगामी दिनहरुमा अनुसन्धान गरी सार्वजनिक गर्दै गरौंला तर यस पटक अनुप न्यौपाने टोरोन्टो क्यानाडाबाट बाहुनलाई ‘काँठा’ भनिएकोमा ‘केटाकेटी छँदा यसको बिस्तृत माने/मतलब बुझिएन तर कालान्तरमा देश र परिस्थिति फेरिएसँगै यसको गहिराई बुझ्न गाह्रो परेन’ भनी डिसीनेपालमा यसरी पोखिएका छन् :

बाहुन कांठा,  ब्राम्हण र यस सेरोफेरोका समाज बाहेकमा व्यापक प्रचलित शब्द हो यो ।  नेपालमा यसको इतिहास खोज्ने हो भने सत्यतामा आधारित कथाहरुको चाङ्ग नै भेटिएला भन्ने कुरा किटानी साथ् भन्न सक्छु । सानै उमेरदेखि सुनिदै र सुनाइदै आइएको यो शब्दको बडो गहिरो अर्थ छ ।
हाम्रा  पुर्खाहरुले त्यसै बनाएका होइनन  रहेछ, यी  र  यस्ता  शब्द/उखान  टुक्काहरु । केटाकेटी छँदा यसको विस्तृत अर्थ भलै बुझिएन तर कालान्तरमा देश र परिस्थिति फेरिएसँगै यसको गहिराई बुझ्न गाह्रो परेन ।
पल्ला घरे गुरुङसेनी आमै र लाल दरबारका श्रेष्ठ काकाले बेला बखत भन्ने गरेको यस शब्दको साँचो अर्थ बिगत कयौं बर्षदेखि  देशमा  घटित घटनाहरुले छर्लङ्ग्याइदिएको  छ ।
लेखको मुलतः उद्देश्य भनेको  वर्तमान अराजक स्थिति र बाहुन कांठाहरुको योगदान बारे केही नलेखिएका बिषयहरुको उठान गर्नु नै हो ।  ब्यक्तिबाद, प्रचारक र जातीय आरोप नलाग्लान भन्ने छैन तर नेपाल आमाको मुटु चिरिदा यो मुटुपनि सँगसँगै चिरिदो रहेछ र भक्कानिएको मुटुबाट निस्किएको असभ्यतालाई बेवास्ता गरीदिनु हुनेछ भन्ने पूर्ण आशा रखिएको छ ।
स्थिति यति बिकराल देखिन्छ कि अब सभ्य तवरमा मुखै मात्रले भनेर यी बाहुन कांठाहरुलाई पुगेन, पाठक बृन्द ! लातको देउता, बातले मान्दैन भन्याझै कृपया माफ पाउँ नचाहँदा नचाहँदै लेखमा अनादरबाची  शब्दहरु व्यापकरुपमा प्रयोग भएका छन्, बाध्यता !
देश र जनताको भविष्य यति धेरै पछाडि धकेलिइसकेको छ, जसको अनुमानसम्म गर्न गाह्रो छ र यसको प्रमुख कारण  यी  बाहुन कांठा हरुको अदुरदृष्टि र अकर्मन्यता नै हो । राजनैतिक असफलताको नतिजा हो भन्नु पनि अतिरञ्जित नहोला… २०४६ सालको जनआन्दोलन पश्चाप अधिकांश समय राष्ट्रको प्रमुख कार्यकारी पदमा विराजमान यी कांठाहरुले आज सम्पूर्ण देशलाई अराजकताको बिकट परिस्थितिमा उभ्याई दिएका छन् ।
चरम अभाव, महंगी, जातीय दंगा, मनपरीतन्त्र, बिदेसिनु पर्ने बाध्यात्मक स्थितिको सृजना, बेरोजगारी, खुल्लम खुल्ला देश टुक्र्याइने अभिव्यक्ति दिने परिस्थितिको निर्माण, मौलिएको भ्रष्टाचार आदि इत्यादि, यिनै बाहुन कांठाहरुको औंठाछाप दिमागले  निम्त्याएको समस्या हो भन्नुमा कुनै २ मत छैन ।
कृष्णप्रसाद भट्टराईबाट सुरु भएको यी कांठाहरुको मनोमानी तन्त्र क्रमश: गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, माधव कुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, सुशील कोइराला हुँदै के.पी.ओलीसम्म आइपुग्दा देश उठनै नसक्ने विपदको अवस्थामा रहेको छ ।
अपवादमा थापा, चन्द र देउबापनि कार्यकारी प्रमुख भए होलान तर यी पनि तिनै कांठाहरुकै हिमचिममा हुर्किएका देशका नालायक र नाजायज सन्तान हुन भन्दा कुनै फरक पर्दैन । रछ्यानमा राज गर्न पल्किएका यी नालायक झिंगाहरुले आफूलाई त सगोल र सम्पूर्ण राखे तर सम्पूर्ण देश र जनतालाई रोगी बनाएर छाडे ।
२०४९/५० साल ताका आफू काम गर्ने कार्यालयमा संगै काम गर्ने एक चाइनिजकर्मीको भनाई आज बडो सम्झना आइरहेछ । त्यसबखत चाइना रुलिङ्ग पार्टीको अद्धयक्ष कुनै काम बिशेषले नेपाल आएका रहेछन । सो काम नेपालको हितमै भए पनि सम्झौता हुन नसक्दा मेरा ती चाइनिज मित्र दिक्दार भएर मलाई भन्दै थिए- ‘अनुप, नेपालका ठूला-ठूला मानिसको बुद्दि छैन हो ?
आज म स्पष्टसंग भन्नसक्छु तिनले किन त्यसो भने भनेर, पारिवारिक रेखा र भ्रष्टाचारमा चुर्लुम्म डुबेका त्यसबेलाको कार्यकारी प्रमुख पदमा एउटा मुर्ख बाहुन कांठा नै बिराजमान थियो ।
आज मेरो देश रोइरहेछ, देशका जनता १ मुठी सु-शासनका लागि तडपिरहेका छन्, सीके राउतहरु हातमा कर्ध/चक्कु लिएर नेपाल आमालाई चोक्टा चोक्टा पार्न अग्रसर छन् । भ्रष्टाचारी बिषालु सर्पहरु देशको नशा-नशामा पसेर डसेका डस्यै छन् । कु-शासन देखेर सगरमाथा लाजले मुन्टो उठाउन सकेकी छैनन्…
बुद्ध र जानकीलाई यो पवित्र भूमिमा जन्मेको पीडाबोधले भतभती पोलिरहेको होला तर देशका यी कुपुत्र कांठाहरुलाई यसको कुनै चिन्ता छैन, मतलब छैन । आफ्नो र आफ्नाको हित्तचित्त बुझाउन पाए पुग्यो अपना काम बनता, भांडमे जाए जनता भन्या झैँ, तर हे मुर्ख  कांठाहरु हो ! ती सीके राउतहरु आफ्नो उद्देश्यमा सफल भएमा तिमी र तिम्रा आफन्तहरुको के गति हुनेछ , कहिले सोचेका छौ ? धिक्कार छ तिमीहरुलाई !
कस्तो बिडम्बना र दुर्भाग्य, यो देशको ! देशमा एउटा, गान्धी, अब्राहम लिंकन वा नेल्शन मण्डेला त जन्मन सकेनन सकेनन, एउटा परवेज मुशर्रफ वा महिन्द्रा राजापक्षे समेत जन्मन  नसक्दा  ! पुग्यो हे नेपाल आमा ! त्यत्रा कुपुत्र बाहुन कांठाहरुलाई दिनु साटो एउटा मात्र सुपुत्र देउ जसले तिम्रो लाज ढाकोस् र हामी जनतालाई मुक्ति देओस,  त्राहिमाम ! त्राहिमाम ! भन्ने अवस्था छ,  यिनै बाहुन कांठाहरुको कारणले ।
२५/२६  बर्षको समयावधि प्रसस्त हुन्छ, कुनैपनि देशलाई एउटा सही गन्तब्यतिर डो¥याउन तर यी भ्रष्ट बुद्धिका बाहुन कांठाहरुको कार्यशैली राजनैतिक रुपमा यति खत्तम  देखियो कि देश झन पाषाण युगमा प्रवेश गर्यो । यत्रो लामो समय पाएर पनि देशलाई एउटा सिस्टममा लैजान नसकेका मतिभ्रष्ट बाहुन कांठाहरु हो ! अझै पनि तिमीहरु  कुन मुखले सत्ताको अग्रपंक्तिमा लम्पसार परेका छौ ? लोक लाज हराएकै हो त ? जनताले पटक पटक तिमी  बाहुन कांठाहरुलाई सत्ताको उचाईमा पुर्याएको आजको यो दुर्दशा हेर्नैलाई हो त ? म स्वयम् लज्जित छु उक्त समुदायसित नाम जोडिदा ।
देशका कतिपय क्षेत्रमा नाम कहलिएका र बाध्यताले बिदेसिनु परेका राम्रा दाजुभाई दिदिबहिनीहरु हुनुहुन्छ । बेला-बेलामा उहाँहरुको अन्तरबार्ता रेडियो र टिभी  बजेकै हुन्छ । डूबते को तिनकेका सहारा भन्या झैँ कार्यक्रम संचालकले नि मौका हेरी  सोधिहाल्छ, राजनीतिमा न आउने भनेर ? र प्राय:को जवाफ त्यो मेरो क्षेत्र होइन र नाई नै हुन्छ । हुन त आ-आफ़्नो इच्छा हो राजनीतिमा आउनु नआउनु तर त्यति भनेर तपाई कर्तब्यबाट पन्छिन पाउनु हुदैन। जनताले पत्याएका बिश्वास गरेका, शिप, उच्च शिक्षा र धन भएका तपाईहरुसित यस देशले ठूलो आशा राखेको छ ।
 देशको बिग्रदो स्थितिलाई टुलुटुलु हेरेर मेरो क्षेत्र होइन भनेर जान नखोज्नु अपराध पनि हो जनताका नजरमा,रोनाल्ड रेगन अभिनय गर्थे तर उनी सफल अमेरिकी राष्ट्रपति भएर देखाइदिए गान्धी धेरै बर्ष विदेश बसे तर पछि भारतको राष्ट्रपितासम्म बन्ने गरी फर्के । भनाइको अर्थ राजनीति आफैमा दुर्गन्धित ठाउँ होइन ।
त्यसलाई सफा राखने एउटा पात्र हामीले फेला पार्न नसकेका मात्र हौं । आउनुस् अगाडि, हे मधेसी श्रष्टा धिरेन्द्र प्रेमर्षी जी,  दिल भुषण जी, मनोज गजुरियल जी, बसन्त चौधरी जी, दिल निशानी मगर ज्यु , पासांग ल्हामु शेर्पा र शान्ता चौधरी ज्यु, मह दाईहरु, महाबिर पुन सर, तोया गुरुङ जी, राजेश हमाल जी, यो राजनीति दुर्गन्ध सफा पार्न । यी  र यस्ता धेरै नामहरु छन् यो जसको उज्यालो प्रकाशले देशले रौनकता र यी स्वयम्परक निर्घिन बाहुन कांठा‏हरुबाट निकास पाउनेछ। यतिमात्र गर्न सक्नुभयो भने यो देश र जनताले सत् सत् सलाम गर्नेछ, नमन गर्नेछन तपाईहरुलाई, ऋणी हुनेछन् यी देशका जनता तपाईहरुप्रति ।
 बाहुन कांठा‏हरुको असक्षमता र अकर्मण्यताले देश जातीय दंगाको चरम संघारमा उभिएको छ तर यी दुष्ट बाहुन कांठा‏हरुको जमात यसलाई राष्ट्रिय रुपमा सुल्झाउनतिर लाग्नु भन्दा कसरी हुन्छ बल्झाई राखौ र व्यक्तिगत स्वार्थ पुरा गरौ भन्ने ध्याउन्नमा चुर्लुम्म डुबेकोले समस्या जहाँको तहीँ छ।
कसरी समाधान होला खै ? मान्छु, गल्ति दुवैतिर होला तर हे कांठाहरु हो ! जब डाडु-पन्यू तिमीहरुको हातमा छ भने, साझा र राष्ट्रिय रुपमा काम गर्नसक्नु पर्दैन ? तिम्रा युवादस्ता र के के विधि संगठनहरु हरेक क्षेत्रमा छन् , ती भएका संगठनहरु एक साथ् मिलेर परिचालन गर्नु पर्दैन ? जनतालाई सही कुरा बुझाउन सक्नु पर्दैन ? त्यति मात्र बुझाउन सकेको भए आज देशको यो स्थिति हुदैन  थियो होला तर यी स्वाँठ बुद्धि भएकाहरुसित त्यत्रो ठूलो कुराको आशा गर्नु सायद हामी जनताकै गल्ती देखिन आउछ ।
गल्ती त तिमी बाहुन कांठा‏हरुले प्रशस्त गरेका छौ तर मेरो आश्चर्यता त तिमी सुधारिन पनि तयार नभएको देखेर हो । एउटा सामान्य उदाहरण: जब पहाडी मुलका अधिकांश हामी जनताले लाउने टोपी राष्ट्रिय पोशाक हुन् सक्छ भने मधेसी मुलका अधिकांश हामी जनताले लाउने धोती किन राष्ट्रिय पोशाक हुन नसक्ने ? हाम्रा तराईबासी दाजुभाईहरुले सगौरव टोपी लगाएको देखिएको छ, त्यस्तै पहाडी दाजुभाईहरुले पनि शानले धोती पहिरिएको देखिएको छ अनि यो विभेद किन ? त्यति मात्रै पनि गर्न सके  हाम्रा तराईबासीलाई एउटा गौरवको अनुभूति दिनसक्थ्यो र समस्या समाधानमा लचकता थप्न सक्थ्यो । तर खै त यति जाबो तिम्रो मगजमा घुसेको कांठा ज्यू ?
तिमी कांठा‏हरुको यो प्रवृतिले यस देशले धेरै,धेरै कुराहरु गुमाउनु परेको छ । विस्तृतमा सूचीबद्ध गर्ने हो भने उपन्यासको ठेलीनै रचना होला । मसँग त सम्पूर्ण हिसाब किताब नहोला तर कालान्तरमा कसैले त सूचीबद्ध गर्ला नै भन्ने आशामा छु । तिमीहरुको अकर्मण्यताको एउटा सानो उदाहरण:  ४-५ बर्ष पुरानो घटना हो , क्यानाडाबाट एक पुराना नेपाली एउटा बृहत स्कूल परियोजना लिएर गए । विदेश बसेको धेरै भएछ, मातृभूमिको लागि केही गरौ भन्ने भावना तहत गएका ती प्रवासी नेपाली सरकारमा भएका बाहुन कांठा हरुको भ्रष्टाचारी मनोवृत्तिले यति आजित भएछन कि भविष्यमा कुनै परियोजना लिएर नजाने मनस्थिति बनाइ फर्केछन । अनि देश बन्छ ?
देशको हरेक क्षेत्र दिशाहीन गन्तब्यतिर बढी रहेको छ। कार्यकारी प्रमुख नहुन्जेल मरिहत्ते गर्ने तर भैसके पछि केही नगर्ने अझ छुटेको भोलि पल्ट नै अरुले गर्न दिएन भनि पनि मुनिको ओभानो बन्न खोज्ने यी कांठाहरुलाई जिम्मेवारी भन्ने कुराको अलिकति पनि बोध छैन ? चकित छु म । होस् गर तिमी कांठाहरु हो ! जनता धेरै आजित् भै सक्या छन्, तैपनि सहेर बसेका नै छन् । धैर्यको परीक्षा नलेउ, जुन दिन जनता जाग्छन, बनारस बास होला, भनेन नभन्नु ।  मेरो भन्नु यत्ति हो।
अनुप न्यौपाने
टोरोन्टो क्यानाडा
  •  
    23
    Shares
  • 23
  •  
  •  
  •  

तपाइको मत