भारतको बिहारबाट प्रमाणपत्र लिएका ९ सय डाक्टर

९ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले अनुसन्धानको क्रममा भारतको बिहारबाट प्रमाणपत्र लिएका मात्र ९ सय चिकित्सक फेला पारिसकेको छ । जसमध्ये १ सय ९ जनाको प्रमाणपत्र प्रमाणित हुन बाँकी छ । नेपालकै त्रिभुवन विश्वविद्यालयबाट समेत नक्कली प्रमाणपत्र लिएका ३-४ जना डाक्टर फेला पारिसकेको छ ।

कतिपय बाहिर पढ्नै नसकेर नेपाल आएर लाइसेन्स लिएका र कति पढ्नै नसकेर बाहिर गएको पनि फेला परेको छ । त्यसैगरी युपी लगायत भारतका अन्य शहर तथा अन्य मुलुकबाट प्रमाणपत्र लिएका डाक्टरको प्रमाणपत्रलाई पनि काउन्सिलले छानबिनको दायरामा राखेको छ ।

सामान्यत: काउन्सिलबाट लाइसेन्स लिएका चिकित्सकहरुले भविष्यमा आफूबाट कुनै कमी कमजोरी भएमा उक्त लाइसन्स खारेजसम्म हुन सक्ने प्रावधानलाई स्वीकार गर्दै एउटा फारममा हस्ताक्षर गरेका हुन्छन् । सोही हस्ताक्षरलाई आधार मानेर कारवाही अगाडी बढाउन सक्ने अधिकार काउन्सिललाई रहेको अनलाइनखबरमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत