क्रान्तिकारी माओवादीको पार्टी संगठन र मुख्य नेतृत्व भूमिगत हुने

११ असार, काठमाडौँ ।

Kiranनेकपा (क्रान्तिकारी माओवादी)को असार ६ गतेबाट सुरु भई ८ गते सम्पन्न भेलाले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न, पार्टीलाई क्रान्तिकारी बनाइ राख्न पार्टी संगठन र मुख्य नेतृत्व भूमिगत हुने निर्णय गरेको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य इश्वरचन्द्र ज्ञवालीकाअनुसार महंगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचारविरुद्ध संघर्ष गर्न खुला मोर्चा बनाउने तर खुला मोर्चामा पार्टी संगठनको मुख्य जिम्मेवारी लिएका नेताहरु नबस्ने बताइएको छ ।

भेलाले खुला मोर्चामा रहने नेताहरु भूमिगत नहुँने नीति लिई उक्त मोर्चा निर्वाचन आयोगमा दर्ता गरिने र आवश्यकतामा चुनावमा समेत जाने नेता ज्ञवालीले बताए ।

‘संविधानमा उल्लेखित गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका विषय अङ्शतः सकारात्मक रहेपनि समग्रमा यो संविधान प्रतिक्रियावादी नै रहेको कुरा पुनः ठहर गरिएको छ’ बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसप्रकारको राज्यसत्ता, संविधान तथा संसदीय व्यवस्थाको विरोध तथा भण्डाफोर गर्नुपर्ने आवश्यकता माथि जोड दिइएको छ ।’

भेलाले दुई अंक भन्दा नबढ्ने गरी केन्द्रीय समिति विस्तारको जिम्मा केन्द्रीय कार्यालायलाई दिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत