ब्रिटेनले सम्बन्धविच्छेद गर्ने निर्णय लिएसँगै शान्त रहन ईयूको अपील

११ असार, काठमाडौं । युरोपीय युनियनमा आवद्ध देशका नेताहरुले ब्रिटेनले ईयूसँग सम्बन्धविच्छेद गर्ने निर्णय लिएसँगै युनियन छोड्ने मनस्थिति बनाएका देशलाई हतोत्साहित गर्न ब्रिटेनलाई कुनै सुविधा नदिई कडाइ गर्नुपर्ने भन्दै मानिसहरुलाई शान्त रहन र स्थिरता कामय राख्न अपील गरेका छन् ।

उनीहरुले अब ब्रिटेनले युरोपीय संघबाट बाहिर जाने प्रक्रिया सुरु गर्न भनेका छन् । उनीहरुले बाहिर निस्कन ढिलाई भए अनिश्चितता बढ्ने बताएका छन् ।

युरोपीय परिषदका अध्यक्ष डोनल्ड टस्कले केही दिन भित्र ईयूमा आएको संकटबारे २७ देशका नेताहरुको बैठक बोलाउने तयारी गरिएको बीबीसीले जनाएको छ । उक्त बैठकमा ब्रिटेनका प्रधानमन्त्रीलाई बोलाइएको छैन । यूरोपीय देशका धेरै सरकारले अब ब्रिटेनलाई  पक्षमा छैनन् । उनीहरु यूरोपीय  उनीहरुको धारणा रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत