युरोप अब तीन खेमामा, तेस्रो विश्वयुद्धको संकेत

भरत दाहाल

भरत दाहाल

११ असार, काठमाडौं । बेलायत इयूबाट अलग्गिने जनमतले बहुमत देखाएपछि पश्चिमी साम्राज्यवादी शिविरमा धाँजा फाटेको छ। अब यूरोप ३ वटा शिविरमा विभाजन हुने निश्चित भएको छ। एउटा एङ्लो-अमेरीकन, दोश्रो रूसी र तेश्रो जर्मन नेतृत्वमा यूरोपको विभाजन हुने लक्षणहरू प्रष्ट रूपमा देखिएका छन् ।

जनमत संग्रहले अहिलेको बेलायत पनि एक ढिक्का नरहने पक्का छ । बेलायतबाट स्वतन्त्र हुनका लागि दशकौंदेखि हिंसात्मक र शान्तिपूर्ण आन्दोलनमा संलग्न हुँदै आएका उत्तरी आएरल्याण्ड र स्कटलैंडले जनमत संग्रहको परिणामको विरोध गर्दै यूकेबाट अलग्गिने संकेत देखाउन सुरू गरिसकेका छन् ।

बेलायतमा भरएको राष्ट्रवादीहरूको विजय र अमेरिकामा ट्रम्पको लोकप्रियतासंगै उनले जनमत संग्रहको स्वागत गरेको घटनाले के संकेत गर्दछ भने विश्वमा पुनः दोश्रो विश्वयुद्धकालीन समीकरण तयार हुन थालेको छ । एङ्लो-अमेरीकन शिविरले अब (Trans-Pacific Partnership (TPP) लार्इ अघि बढाउने छन् ।

साम्राज्यवाद आफैँमा एउटा संकट हो । इयूको विघटन साम्राज्यवादी शिविरमा आएको विश्वव्यापी संकटको अभिव्यक्ति हो । कम्युनिजम खतराको हौवा पिटेर बनेको यो समीकरण अब थेगिन नसक्ने भैसकेको थियो । पहिलो र दोश्रो विश्वयुद्धका शत्रुहरू सँधैभरिसँगै रहन सक्ने संभावना थिएन ।

दुबै विश्वयुद्धका वास्तविक शत्रुहरू जर्मनी र बेलायत थिए । अमेरिका सँधै बेलायतको पक्षमा रहेको छ । दोश्रो विश्वयुद्धमा रूसलार्इ अनिच्छापूर्वक तानिएको थियो । यो कुरा बुझेर नै अमेरिका र रूसका बीचको विवादमा जर्मनीले मध्यमध्यमार्गी भूमिका देखाउँदै आएको थियो । यो तेश्रो विश्वका लागि सन्तोषको समाचार हो ।

साभार: नेपाल सन्देश डटकम

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत