६ बजेदेखि केआइसिंह राजमार्ग पूर्णरुपमा अवरुद्ध

वेब तस्बिर

वेब तस्बिर

११ असार, डोटी । डोटीको लाटामाण्डौ गाविस तिलतालीमा शनिबार बिहान ४ बजेदेखि भएको वर्षातसँगै आएको बाढीले ६ बजेदेखि केआइसिंह राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

वर्षात्ले केआइसिंह राजमार्गको बीचमा चिरेर सडकनै अवरुद्ध हुँदा धनगढीदेखि दीपायलका लागि गुडेका रात्रिबस र दीपायलबाट धनगढीतर्फ छुटेका दिवासेवाका सवारी साधन तिलतालिमा नै रोकिएका छन् ।

तिलताली प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कर्णबहादुर घर्तीका अनुसार टिपर, ड्रोजरले भत्केको सडकलाई पुर्ने काम गरिरहेको भए पनि अवरुद्ध सडक खुल्न केही घण्टा लाग्नेछ । सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत