अमेरिकाको सपना देखेका नेपालीहरु फिलिपिन्समा अलपत्र, ७ जनाको उद्दार

मलेसिया । अमेरिका जाने सपना देखेका नेपालीहरु मानवतस्करको फन्दामा परेपछि फिलिपिन्समा अलपत्र परेका १६ नेपालीमध्ये ७ जना नेपालीको शनिवार उद्धार गरिएको छ ।

नेपाली मानव तस्करले अमेरिका र अस्ट्रेलिया पठाईदिन्छु भन्दै फिलिपिन्समा पुर्‍याएर अलपत्र परेका मध्ये शनिवार उद्धार गरिएकाहरुमा पाल्पाका बसन्त बहादुर दर्लामी, चितवन प्रविन लामा, स्याम्युल तामाङ र जयराम वाइबा, मकवानपुरका सोम बहादुर लामा थिंङ, इलामका सन्जिव राई, र धनुषाका अमितकुमार साह रहेका छन् ।

नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुंगामा पुरयाइएका उनीहरुलाई  मानव तस्करहरुले समुन्द्री क्षेत्रमा कागजातविहिन अवस्थामा छोडेका थिए ।

नेपालीहरु घर फिर्ति केन्द्रमा रहेको खवर थाहा पाएपछि मलेसियामा रहेको नेपाली दूतावासले उनीहरुको उद्धार प्रकृया थालेको हो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत