चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजेको भन्दै आन्दोलन घोषणा गर्दै डाक्टर केसी

१२ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीले चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजेको भन्दै आइतबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका छन्  ।

मेडिकल माफियाविरुद्ध आन्दोलनरत डा. केसीले चिकित्सा क्षेत्रका बेथिति रोक्न सरकारलाई दबाव दिने उद्देश्यले आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको केसीका सहयोगी डा. जीबन क्षेत्रीले बताए ।

क्षेत्रीले पुराना सम्झौताहरु हालसम्म पनि सरकारले कार्यान्वयन नगरेको र माथेमा आयोगको प्रतिवेदन विपरीत चोर बाटोबाट मनमोहन प्रतिष्ठान ल्याउन खोजिएकाले दिउँसो एक बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन आयोजना गर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत