भारतीय नागरिक हतियारसहित पक्राउ

१२ असार, महोत्तरी । भारत सीतामणि घर भएका अनरूल हकत हतियारसहित नेपाल प्रवेश गरेका बखत प्रहरीले पक्राउ गरेको छ ।
७ जनाको समूहमा नेपाल प्रवेश गरेका मध्ये  भारतीय नागरिक अनरूल हकत र ज ६ प ७७१४ नम्बरको मोटरसाइकलसहित महोत्तरीका बरूल शाह एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ११ राउण्ड गोलीसहित पक्राउ परेका हुन् ।
उनीहरूलाई जिल्ला प्रहरीको टोलीले आइतबार बिहान पक्राउ गरेको हो । एक साताको अवधिमा महोत्तरीबाट हतियारसहित नेपाल भित्रिएका ९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले जानकारी दिए ।
  •  
  •  
  •  
  •  
  •  

तपाइको मत