युरोकप -२०१६ को जारी खेलमा क्रोएशियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनल प्रवेश

१२ असार, काठमाडौं ।

football

युरोकप -२०१६ फुटबलको जारी खेलमा क्रोएशियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि अतिरिक्त ३० मिनेट समयको सदुपयोग गर्दै पोर्चुगल क्वाटरफाइनलमा पुगेको हो ।

अतिरिक्त समयमा क्रोएशियालाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको पोर्चुगलले  पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत