राष्ट्र बैंकले मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म ऋण पत्र बिक्री खुल्ला गर्दै

१२ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म ऋण पत्र बिक्री खुल्ला गरिने जनाएको छ ।

राष्ट्र बैंक ऋण व्यवस्थापन विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठका अनुसार आइतबार १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको हो ।

श्रेष्ठका अनुसार ऋणपत्रमा अनलाइनबाट पनि आवेदन दिन सकिनेछ भने बोलकबोलबाट बिक्री/वितरण गरिने यो ऋणपत्र क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले खरिद गर्न पाउने छन् । बोलकबोलमा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत