नयाँ शक्तिले स्थानीय निर्वाचनमा भाग लिने

१३ असार, काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आगामी मंसिरमा हुने भनिएको स्थानीय निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

चार दिनदेखि काठमाडौमा जारी नयाँ शक्तिको केन्द्रीय परिषद् सचिवालयको  बैठकले स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

बैठकपछि पार्टी प्रवक्ता खिमलाल देवकोटाले निर्वाचनको तयारीस्वरुप केन्द्रीय परिषद्का सदस्यहरु तीन महिनासम्म जिल्ला र गाउँमा नै रहने गरी संगठन विस्तारमा लाग्ने निर्णय गरिएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत