प्रचण्डलाई कुमार लामाको हालत बनाउन मानवअधिकारवादी नै सक्रिय !

१३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असार ८ गते बुधबार मध्यान्ह १२ बजे अष्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम थियो । तर, उनले अन्तिम समयमा आएर अष्ट्रेलिया भ्रमण स्थगन गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री केपी ओलीको विशेष आग्रहमा रोकिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रचण्डलाई कुमार लामाको हालत बनाउनका लागि सुशील प्याकुरेल, सुवोध प्याकुरेललगायत मानवअधिकारकर्मी समेत लागेको रिपोर्ट प्रचण्डले पाएका थिए ।  यो कुरा एकथरि एमाले निकट मानव अधिकारकर्मीलाई ठीक लागेको थिएन । त्यही पक्षले प्रधानमन्त्रीलाई भेटेर ‘प्रचण्ड’लाई रोक्न अनुरोध गरेको बताइन्छ ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डको सम्भावित दुर्घटना तत्काल बचाउन प्रधानमन्त्री केपी ओली सफल भएको’ आजको साँघु साप्ताहिकमा खबर छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत