बमको हत्यामा संलग्न बाबुसहित चार जनालाई जन्मकैदको फैसला

१९ असार, काठमाडौं । सर्वोच्चका न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न बाबु थापा भन्ने मघबहादुरसहित चार जनालाई जिल्ला अदालत ललितपुरले जन्मकैदको फैसला सुनाएको छ ।

पार्टी आधारिकता विवादमा न्यायाधीश बमको फैसलाले गृह राज्यमन्त्री हुने सपना तुहिएको भन्दै बाबु भन्ने मघबहादुर थापाकै योजनामा २०६९ जेठ १८ गते न्यायाधीश बमको गोली हानेर हत्या भएको थियो ।

योजनाकार थापा र दीपककुमार कर्णलाई न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले जन्मकैदको फैसला सुनाएको हो । शुटर करण भन्ने शिव चौधरी र संजय स्माइली मगरलाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको श्रेश्तेदार बाबुराम दाहालले जानकारी दिए ।

न्यायाधीश बम हत्याकाण्डका अर्का अभियुक्त प्रेमराम खड्कालाई भने ५ वर्ष कैद सजाय सुनाइएको छ । हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाबुसहित चार जनालार्इ २०७१ साल पुसमा पक्राउ गरेको थियो । बैदेशिक रोजगारीका क्रममा भागेर साउदी पुगेका संजयलार्इ प्रहरीले साउदीमै पक्राउ गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत