विप्लब माओवादीले कार्यकर्ता रिहाइ नभएपछि सिंहदरबार घेर्दै

१३ असार, काठमाडौं । विप्लब नेतृत्वको नेकपा माओवादीले एनसेल प्रकरणमा पक्राउ परेका नेता, कार्यकर्ता रिहाइ नगरेको भन्दै सिंहदरबार घेर्ने भएको छ ।

देशका विभिन्न भागमा रहेका एनसेलका टावरमाथि कारबाही गर्ने क्रममा दर्जनौँ नेता तथा कार्यकर्ता पक्राउ परेसँगै विप्लब माओवादीले असार १६ गते सिंहदरवबार घेर्ने भएको हो ।

विप्लब निकट रहेका एक नेताका अनुसार असार १६ गते एनसेल प्रकरणमा पक्राउ परेका नेता, कार्यकर्ता रिहाइ साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा  देशभरका जिल्ला प्रशासन कार्यालय समेत घेराउ गरिनेछ ।

विप्लब माओवादीले केही समयअघि देशव्यापी रूपमा एनसेलका टावरमा आक्रमण गरेकाे थियाे ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत