संविधान कार्यान्वयन हुन नदिने तमलोपा उपाध्यक्षको चेतावनी

१३ असार, नवलपरासी । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)का वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले सरकारले आफूहरुको माग पूरा नगरे नयाँ संविधान कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् ।

त्रिपाठीले मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई सहिद घोषणा, घाइतेहरुको उपचार र पक्राउ परेकाहरु विना सर्त रिहा नगरे संविधान कार्यान्वयन हुन नदिने बताएका हुन् ।

नवलपरासी क्षेत्र नम्बर ६ ले सोमबार आयोजना गरेको एक कार्यक्रममा त्रिपाठीले आफूहरु वार्ताको बिरोधी नभएको तर सरकारमाथि बिश्वास नरहेको समेत बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत