ओली सरकारको विकल्प खोज्नु पर्छ – नेपाल

१४ असार, काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार भियतनाम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु पर्ने अभिव्यक्ति दिएका छन् । नेपालको अभिव्यक्तिले ओली सरकारको आयु लामो नरहेको स्पष्ट गरिदिएको छ ।

इन्टरनेसनल कम्युनिष्ट वर्कर्स पार्टीको अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिन भियतनाम जाने क्रममा विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै नेता नेपालले जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ त्यसैतर्फ तयारी गर्नुपर्ने बताए ।

उनले संविधान कार्यान्वयन गर्न र स्थानीय निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको भन्दै नेता नेपालले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने स्थिति नभए त्यसको विकल्प खोज्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

नेता नेपालले आफ्नै पार्टी नेतृत्वको सरकारमा नेपाली कांग्रेस र मधेसकेन्द्रित दलका नेता सहभागी हुनुपर्ने र त्यसो नभए जसको नेतृत्वमा राष्ट्रिय सहमति बन्छ त्यसका लागि तयार हुनु पर्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत