प्रचण्डको सुरक्षामा कुनै समस्या नरहेको अष्ट्रेलियन राजदूतको स्पष्टोक्ति

१४ असार, काठमाडौं ।

g-p

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई भेटेर अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले अष्ट्रेलिया सरकारका तर्फबाट प्रचण्डको सुरक्षामा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार बिहान लाजिम्पाटस्थित माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ निवासमा पुगेका राजदूत ह्वाइटले प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुनुको कारणबारे चासो राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको  सचिवालयले दिएको जानकारी अनुसार अष्ट्रेलियन राजदुतले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा प्रचण्डको अष्ट्रेलिया भ्रमण बारे कुनै समस्या नरहेको कुरा प्रचण्डलाई जानकारी गराएका थिए ।

यसैसाता माओवादी अध्यक्ष प्रचण्डले आफ्नो अष्ट्रेलिया भ्रमण स्थगित गरेपछि यसबारे विभिन्न आशंकाहरु हुँदै आएका थिए । अष्ट्रेलियामा प्रचण्डविरुद्ध उजुरी परेको र उनी पक्राउ पर्न सक्ने भएकाले भ्रमण स्थगित भएको धेरैको अनुमान थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत