प्रधानमन्त्री ओलीले भने, आफ्नो नेतृत्वमा सरकार हुँदा जनताको पीडालाई उपेक्षा गर्ने, अहिले तिनैको नाममा राजनीति !

१४ असार, काठमाडौं ।
Pm OLIप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले सदनमा उठाएका प्रश्नहरूको जवाफ संसदबाट दिन नपाएपछि सार्वजनिक मञ्चबाट जवाफ दिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार मदन भण्डारी फाउण्डेशनले काठमाडौमा आयोजना गरेको कार्यक्रममा कांग्रेसले जनताको पीडामाथि फोहोरी खेल खेलेको भन्दै सत्ताको नेतृत्वमा रहेका बेला जनताले पाएको पीडालाई उपेक्षा गर्ने अहिले तिनै जनताको नाममा थोत्रो र बेइमान राजनीति गरेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले भूकम्पबाट भत्किएका ८ लाख घर र अन्य भौतिक संरचना क्षणका क्षण निर्माण गर्न नसकिने भन्दै घर बनाउनका लागि सबै प्रभावितहरुलाई एकमुष्ट अनुदान दिनु पर्ने माग अव्यवहारिक भएको बताए ।

काँग्रेस नेतृत्वको अघिल्लो प्रधानमन्त्री स्व. सुशील कोइराला र अर्थमन्त्री डा.रामशरण महतकै सरकारले नै किस्ताबन्दीमा अनुदान दिने निर्णय गरे अनुसार राष्ट्रिय पुनर्निमाण प्राधिककरणले काम गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले  कांग्रेसले आफू नेतृत्वको सरकारले गरेको निर्णयलाई भुल्नु दुःखदायी भएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत