महाधिवशेनपछि माओवादी केन्द्र १५१ सदस्यीय हुने

Maoist CEntre

१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवशेनपछि केन्द्रीय समितिलाई चुस्त र समानुपातिक बनाउने निर्णय गरेको छ ।

जसअनुसार वर्षमान पुन नेतृत्वको कार्यदलले तयार पारेको कार्य विधिमाथि माओवादी केन्द्रको बिस्तारित कार्यालय बैठकले पार्टीको कार्यबिधि र संगठनलाई बलियो,  दुरुस्त बनाउन छलफल थालिसकेको छ ।

स्रोतकाअनुसार महाधिवशेनपछि माओवादी केन्द्रको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ । जसमा ५० प्रतिशत खुल्ला, ४० प्रतिशत विशेष व्यवस्था र १० प्रतिशत मनोनयनबाट चुनिने मापदण्ड बनाइएको छ । साथै, केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य गरिएको छ ।

माओवादी केन्द्रले २०७३ को माघ महिना भित्र महाधिवेशन गर्ने गरी एकता भेला तथा सम्मेलनलाई तिब्रताका साथ अघि बढाइरहेको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत