एसएलसीमा डी र इ ग्रेड ल्याएका सबैलाई पढाउन सकिँदैन – सीटीइभीटी

१५ असार, काठमाडौं ।
CTEVT
व्यवसायिक सीप तथा तालिम परिषद् सीटीइभीटीले प्राविधिक (टी) एसएलसीमा न्युन ग्रेड ल्याएका विद्यार्थी सबैलाई भर्ना लिने क्षमता आफूसँग नरहेको बताएको छ ।

शिक्षा पत्रकार संजालले मंगलबार काठमाडौमा गरेको अन्तरक्रियामा सीटीइभीटीका सदस्यसचिव डा. रामहरि लामिछानेले एसएलसी परीक्षामा डी र इ ग्रेड ल्याउने विद्यार्थीको संख्या २ लाख रहेको तर  सीटीइभीटीले टी-एसएलसीमा २० हजार मात्रै  विद्यार्थी भर्ना सक्ने क्षमता रहेको बताए ।

लामिछानेले डी र इ ग्रेड ल्याएका विद्यार्थीले उच्च माध्यमिक शिक्षा लिन नसक्ने तर उनीहरूसँग फेरि प्रविधिक एसएलसी दिने विकल्प रहेको बताएका छन् ।

लामिछानेकाअनुसार उच्च माध्यमिक शिक्षा परिषद् अन्तरगत संचालित ३ हजार ६ सय उच्च मावि र सीटीइभिटीअन्र्तगतका शिक्षण संस्थासँग ४ लाखभन्दा बढी विद्यार्थी पढाउन सक्ने क्षमता नै छैन ।

लामिछानेले प्राविधिक शिक्षा महंगो भएकाले अभिभावकको लगानी नफसोस् भनेर कम्तीमा तीन विषयमा सी ग्रेड ल्याएका विद्यार्थीले मात्र डिप्लोमा तह अध्ययन गर्न पाउने निर्णय गरिएको तर सीटीइभीटी अन्तरगत ८० प्रतिशत विद्यार्थीहरु फेल भइरहेको बताए ।

उनले डी र इ ल्याएका विद्यार्थीलाई लक्षित गरेर कुकिङ्ग, प्लम्बिङ्ग, वेल्डिङ्ग लगायतका केही विषयमा एक वर्षे कोर्स संचालनको तयारी गरिरहेको बताए ।

कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले विद्यार्थीहरुले क्षमता अनुसार अध्ययनको अवसर पाउन् भनेर लेटर ग्रेडिङ्ग प्रणाली अनुसार नतिजा सार्वजनिक गरेकाले एसएलसीमा सहभागी ५ लाख ८८ हजार विद्यार्थीमध्ये कसैले पनि अध्ययनको अवसरबाट वञ्चित हुन नहुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत